HomeBlogs७३ औँ अवतरण (अवतार) दिवस २०८० - तत्त्वदर्शी सन्त रामपालजी महाराज |...

७३ औँ अवतरण (अवतार) दिवस २०८० – तत्त्वदर्शी सन्त रामपालजी महाराज | [Nepal]

Date:

जब-जब धरतीमा अधर्म बढ्छ तब-तब परमात्मा धरतीमा स्वयम् वा आफूले रोजेको आत्मालाई अवतार रूपमा प्रकट गराउनु हुन्छ।

Table of Contents

भगवद् गीता अध्याय ४ श्लोक ७ र ८

यदा, यदा, हि, धर्मस्य, ग्लानिः, भवति, भारत, अभ्युत्थानम्, अधर्मस्य, तदा, आत्मानम्, सृजामि, अहम्।।
परित्राणाय, साधूनाम्, विनाशाय, च, दुष्कृताम्, धर्मसंस्थापनार्थाय, सम्भवामि, युगे, युगे।।

अर्थ: जब-जब धर्मको ह्रास हुन्छ र अधर्मको वृद्धि हुन्छ तब-तब म (सर्वशक्तिमान्) स्वयम् नै आउँछु वा आफ्नो अवतारलाई पठाउँछु जसले पुण्य आत्माहरूको रक्षा गर्न र दुष्टहरूको नाश गर्न शास्त्र-आधारित भक्ति मार्ग देखाउँछ। म आफ्नो अवतार प्रत्येक युगमा प्रकट गराउँछु र दिव्य लीला गरेर धर्मको स्थापना गर्छु।

सर्वशक्तिमान् परमेश्वर, सम्पूर्ण ब्रह्माण्डका रचयिता यस मर्त्य लोकमा अमर लोकबाट समय समयमा अवतरित हुन्छन्। वर्तमान समयमा परम सन्त रामपालजी महाराजका रूपमा परमात्माले दिव्य लीला गरिरहनु भएको छ। ८ सेप्टेम्बर त्यो शुभ दिन हो जुन दिन सालै पिच्छे सर्वशक्तिमान् कबीर साहेबजीको अवतार स्वरूप रहनुभएको सन्त रामपालजी महाराजको अवतरण दिवस संसार भरि मनाइन्छ।

अवश्य पढौँ :वार्षिक कार्यक्रम

यस लेखमा निम्नलिखित विषयमा चर्चा गरिने छ :

  • ७३ औँ अवतरण (अवतार) दिवस २०८० – सन्त रामपालजी महाराज
  • अवतारको अर्थ के हो ?
  • आध्यात्मिक गुरु सन्त रामपालजी महाराजका विषयमा जानकारी
  • अवतार सन्त रामपालजी महाराजको एक मात्र उद्देश्य
  • अवतार सन्त रामपालजी महाराजका विषयमा भविष्यवाणीहरू
  • अवतरण दिवस २०८० समारोह: लाइभ इभेन्ट
  • अवतार सन्त रामपालजी महाराजका विषयमा पवित्र शास्त्रहरूबाट साक्षी प्रमाण
  • अवतार सन्त रामपालजी महाराजका विषयमा सर्वशक्तिमान् कबीरजीको भविष्यवाणी
  • सामाजिक उत्थानमा सन्त रामपालजी महाराजको योगदान
  • अवतरण (अवतार) दिवस कसरी मनाइन्छ ?

७३ औँ अवतरण दिवस २०८० – सन्त रामपालजी महाराज

२०८० भदौ २२ गते (८ सेप्टेम्बर २०२३) जगतगुरु तत्त्वदर्शी सन्त रामपालजी महाराजको ७३ औँ अवतरण दिवस हो। उहाँ पूर्ण ब्रह्म परमेश्वरका अवतार हुनुहुन्छ जसले १७ फेब्रुअरी १९८८ मा आफ्नो आध्यात्मिक यात्रा सुरु गर्नुभयो र सामाजिक पाखण्डवादका नेलहरूबाट उन्मुक्त गरी लाखौँ मानिसहरूलाई सतभक्तिको मार्ग देखाउनुभयो।

विश्व प्रसिद्ध भविष्यवक्ताहरूले भविष्यवाणी गरेका छन् कि उनी अन्तिम मसिहा हुन् जसले स्वर्ण युग ल्याउनेछन् र जसको नेतृत्वमा भारत विश्व गुरु बन्ने छ। यस लेखमा विश्वका उद्धारकर्ता सन्त रामपालजी महाराजको जीवन्त विवरण प्रस्तुत गरिने छ। त्यस कारण यस लेखलाई अन्तसम्म अवश्य पढ्नुहोला।

सर्वप्रथम हामी अवतारको अर्थ बुझौँ।

अवतार भनेको के हो ?

अवतारको अर्थ हुन्छ धर्मको स्थापनाका लागि अमर लोकबाट मृत्यु लोकमा दिव्य पुरुषले जन्म लिनु र यस संसारमा शासन गर्ने दुष्टहरूबाट पीडित आत्माहरूको रक्षा गर्नु। आध्यात्मिक पूर्णताले युक्त भएको कुनै दिव्य आत्माको अवतार पृथ्वीमा हुनु एउटा नियमित घटना हो जुन हरेक युगमा हुन्छ। दैवी अवतार भनेको अनन्तबाट नश्वर संसारमा सर्वोच्च आत्मा प्रकट हुनु हो।

सन्त रामपालजी महाराज परम अक्षर ब्रह्म/सत्पुरुष/शब्द स्वरूपी राम/अकाल पुरुषका दिव्य अवतार हुनुहुन्छ जसले भक्तिको सच्चा मार्ग प्रदान गर्नुहुन्छ, जुन सबै पवित्र शास्त्रहरूसँग मेल खान्छ र जसको मार्गदर्शनमा स्वर्ण युगको प्रादुर्भाव हुनेछ जस्तो कि प्रसिद्ध भविष्यवक्ताहरूले भविष्यवाणी गरेका छन्।

आध्यात्मिक गुरु सन्त रामपालजी महाराजका विषयमा जानकारी

सन्त रामपालजी महाराज सतलोक आश्रम, बरवाला, जिल्ला हिसार, हरियाणाका सञ्चालक हुनुहुन्छ। उहाँले पवित्र शास्त्रहरूका आधारमा कबीर भगवानको सच्चा आध्यात्मिक ज्ञान प्रदान गर्दै हुनुहुन्छ। उहाँको जन्म ८ सेप्टेम्बर १९५१ मा भारतको हरियाणा राज्यको सोनीपत जिल्लाको गुहाना तहसीलको धनाना नाम गरेको एउटा सानो गाउँमा किसान परिवारमा भएको हो। उहाँका बुबाको नाम भगत नन्दराम र माताजीको नाम भगतमती इंद्रो देवी हो। सन्त रामपालजी महाराजका चार सन्तान छन्। (वास्तवमा सबै प्राणी, मनुष्य सन्त रामपालजी यानि सर्वशक्तिमान् कबीरजीका नै सन्तान हुन्)। भक्तहरूलाई नाम दीक्षा प्रदान गर्नुभन्दा अगाडि उहाँ हरियाणा सरकारको सिँचाइ विभागमा जूनियर इन्जिनियर (अभियन्ता) को पदमा कार्यरत हुनुहुन्थ्यो र यस पदमा उहाँले १८ वर्षसम्म सेवा गर्नुभयो।

उहाँको आध्यात्मिक यात्रा १७ फेब्रुअरी १९८८ मा कबीर पन्थी गुरु स्वामी रामदेवानन्दजीको शिष्य बनेपछि प्रारम्भ भयो, जसलाई “बोध दिवस” का रूपमा प्रत्येक वर्ष मनाइन्छ। (यस दिन उहाँको आध्यात्मिक जन्म भएको थियो)। स्वामी रामदेवानन्दजीले सन् १९९४ मा उहाँलाई आफ्नो उत्तराधिकारी बनाउँदै भन्नुभयो – “यस संसारमा तिमी समान अरू कुनै सन्त हुने छैन”। सन्त रामपालजी महाराजलाई सत्य आध्यात्मिक ज्ञान प्राप्त भएपछि उहाँको जीवन पूर्ण रूपले परिवर्तन भयो। उहाँले जागिरबाट राजीनामा दिनुभयो र उहाँको राजीनामा हरियाणा सरकारद्वारा दिनाङ्क १६/५/२००० मा पत्र सङ्ख्या ३४९२.३५०० द्वारा स्वीकृत गरियो। उहाँले १९९४-१९९८ सम्म घर-घर गएर आध्यात्मिक प्रवचन दिनुभयो। छोटो समयमै हजारौँ भक्तहरूले उहाँको शरण ग्रहण गरे र सन् १९९९ मा हरियाणाको रोहतक जिल्लाको करोंथामा उहाँले आश्रमको स्थापना गर्नुभयो। वर्तमानमा, उहाँ समर्पित भएर सम्पूर्ण संसारमा सतभक्ति मार्गको प्रचार-प्रसार गरिरहेका छन् जसबाट साधकलाई मोक्ष प्राप्त हुनेछ।

सूक्ष्म वेदमा अर्थात् परमात्मा कबीर साहेबको अमृत वाणीमा निम्न पङ्क्ति उल्लेख गरिएको छ :

जो मम संत सत उपदेश दृढ़ावै (बतावै), वाके संग सभि राड़ बढ़ावै।
या सब संत महंतन की करणीधर्मदास मैं तो से वर्णी।।

विभिन्न नक्कली धर्मगुरुहरू तथा समकालीन सन्त- महन्तहरूले प्रत्येक पाइलामा गरेको विरोधको बाबजुद सम्पूर्ण मानव जातिको कल्याणको उद्देश्यले सन्त रामपालजी महाराज जनतासम्म पुग्न र सतभक्ति गर्न इच्छुक भक्तको हृदयमा ठाउँ बनाउन सफल हुनुभएको छ। सतभक्तिको परिणाम स्वरूप उहाँका भक्तहरूले प्रतिदिन लाभ प्राप्त गरिरहेका छन्। भक्तहरुलाई सन्त रामपालजी महाराजको सच्चा आध्यात्मिक ज्ञान सुन्नमा रोकावट गर्न नक्कली बिकाऊ मिडिया तथा धार्मिक गुरुहरूले उहाँलाई गलत तरिकाले बदनाम गरी जनताका बिच उहाँको नकारात्मक छवि बनाउने दुष्प्रयास गरे तर निष्फल रहे। उहाँका भक्तहरू टसमस भएनन्, कुप्रचारबाट अविचलित भई सतभक्तिमा लागिरहे जसबाट उनीहरूको जीवनमा कायापलट भयो, कष्ट तथा समस्याहरूको दलदलबाट निस्केर उनीहरू अब सुख र शान्तिका साथ जिन्दगी बिताइरहेका छन्। नाना किसिमका समस्याहरू: चाहे स्वास्थ्य सम्बन्धी समस्या होस् वा वित्तीय अस्थिरता होस् वा पारिवारिक बन्धन होस् सन्त रामपालजी महाराजले आफ्ना भक्तहरूको कष्ट निवारण गर्नुभएको छ। यस प्रकार नक्कली गुरुहरूले उहाँका विरुद्ध जतिसुकै नफरत र अविश्वास फैलाएता पनि उनीहरूका सबै प्रयास व्यर्थ भएका छन्। एउटा पूर्ण सन्त जो सर्वशक्तिमान् परमेश्वरका प्रतिनिधि हुन्छन् र जोसँग पवित्र शास्त्रहरूद्वारा प्रमाणित ज्ञान हुन्छ उनमा मात्र यस्तो चमत्कारिक कार्य गर्न सक्ने क्षमता हुन्छ।

पूर्ण सन्त रामपालजी महाराजको पहिचानका लागि सबैले अवश्य पढौँ – पूर्ण सन्तको पहिचान

अवतार सन्त रामपालजी महाराजको एक मात्र उद्देश्य

जीवात्माहरू कसाई ब्रह्म कालको जालमा फँसेका छन् आत्माहरू कालको जालमा कसरी फँसे र युगौँदेखि रातोदिन प्रताडित भइरहेका छन्। सर्वशक्तिमान् कबीर उद्धारकर्ता हुनुहुन्छ जो आफ्ना प्रिय आत्माहरूलाई कसाई कालको जालबाट मुक्त गर्ने उद्देश्यले हरेक युगमा अवतरित हुनुहुन्छ। सूक्ष्म वेदले यसको प्रमाण दिएर भन्छ :

सतयुग में सत सुकृत कह टेरा, त्रेता नाम मुनिंद्र मेरा।

द्वापर में करुणामय कहाया, कलयुग नाम कबीर धराया।।

सर्वशक्तिमान् परमेश्वर यस कलियुगमा सन्त रामपालजी महाराजका रूपमा पुनः अवतरित हुनुभएको छ र दिव्य लीला गरिरहनु भएको छ। उहाँको एक मात्र उद्देश्य सम्पूर्ण मानव जातिको कल्याण गर्नु हो। उहाँले सच्चा आध्यात्मिक ज्ञान प्रदान गरेर पीडित आत्माहरूलाई काल जालबाट मुक्त गर्न अवतार लिनुभएको छ सृष्टि रचनाका रहस्यहरूको खुलासा प्रमाण सहित जसबाट यहाँका जीवात्माहरू आफ्नो सुखमय निज धाम अर्थात् मूल निवास सचखंड/ सतलोकमा फर्केर जान सकुन्, जहाँ गएपछि जन्म र मृत्युको चक्र सधैँका लागि समाप्त हुन्छ र आत्माहरू यस नश्वर संसारमा कहिल्यै फर्केर आउनु पर्दैन। सन्त रामपालजीको आध्यात्मिक ज्ञान अद्वितीय र अभूतपूर्व छ जसको पालना गर्नाले भक्तहरूलाई सबै प्रकारको लाभ प्राप्त हुन्छ; जस्तै आर्थिक लाभ, स्वास्थ्य लाभ, आध्यात्मिक ज्ञानको वृद्धि र यहाँसम्म कि आयु वृद्धि समेत हुन्छ।

कबीर परमेश्वर अमृत वाणीमा भन्नुहुन्छ :

मानुष जनम दुर्लभ हैये मिले न बारंबार
जैसे तरुवर से पत्ता टूट गिरेबहुर ना लगता डार

मानव जन्मको एक मात्र उद्देश्य अनन्त ब्रह्माण्डका नायक, परम अक्षर ब्रह्मको सत्य साधना गरेर मोक्ष प्राप्त गर्नु हो। ईश्वर प्रेमी भक्तहरूसँग अनुरोध छ कि सन्त रामपालजी महाराजका आध्यात्मिक प्रवचनहरूलाई सुनौँ र उहाँको शरण ग्रहण गरेर आफ्नो कल्याण गराऔँ

अवश्य पढ्नुहोस् – सन्त रामपालजी महाराजको जीवनी

अवतार सन्त रामपालजी महाराजका विषयमा भविष्यवाणीहरू

महान् भविष्यवक्ता फ्लोरेंस, बेलायतका कीरो,अमेरिका की जीन डिक्सन, श्रीमान् चार्ल्स क्लार्क,अमेरिकाका श्री एंडरसन, होल्यान्डका श्री वेजिलेटिन, श्री गेरार्ड क्राइसे, हंगेरी की भविष्यवक्ता बोरिस्का, फ्रान्सका डा. ज़ुलवर्न, प्रसिद्ध फ्रांसिसी भविष्यवक्ता नास्ट्रेदमस, इज़राइलका प्रोफेसर हरार, नर्वेका श्री आनंदाचार्य, जयगुरुदेव पन्थका श्री तुलसीदास साहेब मथुरा वाला र केही अन्य भविष्यवक्ताहरूले महान् सन्त रामपालजी महाराजका बारेमा भविष्यवाणी गरेका छन् कि ती अवतारले ‘विश्वमा एउटा नयाँ सभ्यता’ ल्याउने छन् जुन सम्पूर्ण विश्वमा फैलिने छ, सन्त रामपालजी महाराजको समर्थनमा अन्य भविष्यवक्ताहरूले गरेका भविष्यवाणीहरू चारैतिर शान्ति तथा भाइचाराको वातावरण बन्ने छ, नयाँ सभ्यताको थालनी हुनेछ जुन अध्यात्ममा आधारित हुनेछ। भारतको ग्रामीण परिवारमा जन्मेको एउटा महान् आध्यात्मिक नेताको नेतृत्वमा यो नयाँ सभ्यताको उदय हुनेछ। ती महान् आध्यात्मिक नेताको वरिपरि मानिसहरूको ठुलो घुइँचो हुनेछ, त्यो नेताले भौतिकवादलाई अध्यात्मवादमा परिणत गर्नेछन्। महान् आध्यात्मिक नेता (अवतार सन्त रामपालजी महाराज) को मार्गदर्शनमा भारतले धार्मिक, औद्योगिक र आर्थिक दृष्टिले विश्वको नेतृत्व गर्ने छ र उहाँले बताउनुभएको भक्ति विधि सम्पूर्ण संसारलाई स्वीकार्य हुनेछ।

नास्त्रेदमसले भविष्यवाणी गरेका छन् कि महान् शायरन (तत्त्वदर्शी सन्त) हिन्दु समुदायसित सम्बन्धित मध्यम आयुका (५५-६० वर्ष) हुनेछन्, उनी सन् २००६ मा प्रकाशमा आउने छन् जसले सम्पूर्ण पृथ्वीमा स्वर्ण युगको थालनी गर्नेछन्, शास्त्रहरूमा आधारित सत्य भक्ति विधि प्रदान गर्नेछन् र आध्यात्मिक अज्ञानतालाई हटाउने छन्। उनको प्रसिद्धि समस्त संसारमा फैलिने छ। उनले जीवात्माहरूलाई काल जालबाट मुक्त गर्नेछन् र स्थायी शान्ति उपभोग गराउने छन्।

अवश्य पढ्नुहोस् – सन्त रामपालजीका विषयमा नास्त्रोदमसको भविष्यवाणी

हेर्नुहोस् सन्त रामपालजीको ७३ औँ अवतरण दिवस कार्यक्रमको प्रत्यक्ष प्रसारण।

जगतगुरु तत्त्वदर्शी सन्त रामपालजी महाराजको अवतरण दिवसमा सतलोक आश्रम धनाना धाम सोनीपत (हरियाणा), सतलोक आश्रम भिवानी (हरियाणा), सतलोक आश्रम कुरुक्षेत्र (हरियाणा), सतलोक आश्रम शामली (उत्तर प्रदेश), सतलोक आश्रम खमाणों (पंजाब), सतलोक आश्रम धुरी (पंजाब), सतलोक आश्रम बैतूल (मध्य प्रदेश), सतलोक आश्रम सोजत (राजस्थान), सतलोक आश्रम धनुषा (नेपाल) गरी ९ वटा आश्रमहरूमा मिति  २०८० भदौ २० देखि २२ गते (६ देखि ८ सेप्टेम्बर २०२३) सम्म अखण्ड पाठ प्रकाश, विशाल भण्डारा, दाइजोमुक्त विवाह, रक्तदान शिविर, विशाल सत्सङ्ग समारोह र आध्यात्मिक प्रदर्शनीको आयोजन भइरहेको छ। तपाईं सबै दाजुभाइ तथा दिदीबहिनीहरूसित कर्बद्ध प्रार्थना छ कि तपाईंहरू सन्त रामपालजी महाराजको अवतरण दिवसमा आफ्नो सम्पूर्ण परिवार, नातेदार तथा इष्टमित्रका साथ आफूलाई पायक पर्ने सतलोक आश्रममा अवश्य पाल्नुहोस् र आदि सनातन धर्म वा मानव धर्मको पुनरुत्थानको साक्षी बन्नुहोस्।

यस भव्य कार्यक्रमको प्रत्यक्ष प्रसारण २०८० भदौ २२ गते बिहान ९:३० बजेदेखि सगरमाथा टिभीमा हुनेछ। साथै, यस विशेष कार्यक्रमको प्रत्यक्ष प्रसारण तपाईंहरूले निम्न सोशल मिडिया Platform मा पनि हेर्न सक्नुहुनेछ-

  • Facebook page: – Satlok Ashram Dhanusha
  • YouTube: – Satlok Ashram Dhanusha
  • Twitter: – @SaintRampalJiM

अवतार सन्त रामपालजी महाराजका विषयमा पवित्र शास्त्रहरूबाट साक्षी प्रमाण

सन्त रामपालजी महाराज कबीर भगवानका अवतार हुनुहुन्छ जसको बारेमा पवित्र ग्रन्थ, वेद, पवित्र वेदहरूमा (ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेदमा) पूर्ण परमात्माको अवधारणा श्रीमद्भगवद् गीता- अध्याय ४ श्लोक ३२, ३४, अध्याय १५ श्लोक १-४ मा र अध्याय १७ श्लोक २३ मा, त्यसै गरी पवित्र कुरान शरिफ कुरान शरीफ (इस्लाम) मा सर्वशक्तिमान् अविनाशी भगवान (अल्लाह कबीर) – सूरत फुरकानी २५:५२-५९ मा, पवित्र बाइबल, पवित्र श्री गुरु ग्रन्थ साहब – यी सबै सद्ग्रन्थहरूले पर्याप्त सबुत प्रदान गर्दछन्। भाई बाले वाली जन्म साखी मा किटानी गरी उल्लेख गरिएको छ कि सर्वोच्च सन्त जाट समुदायबाट हुनेछन् र बरवाला, हरियाणा (उहिले हरियाणा प्रान्त पंजाबमा नै थियो) बाट आध्यात्मिक प्रवचन दिनेछन्। यी सबै प्रमाणले सन्त रामपालजी महाराज कबीर अवतार भएको तथ्यको एकदम सटीक रूपमा पक्षपोषण गर्दछ।

अवतार सन्त रामपालजी महाराजका विषयमा सर्वशक्तिमान् कबीरजीको भविष्यवाणी

सन्दर्भ: पवित्र कबीर सागर, अध्याय बोध सागर, पृष्ठ १३४ र १७१

पवित्र कबीर सागर अर्थात् सुक्ष्मवेद, जुन सर्वशक्तिमान् कबीरजीको अमृतवाणी हो, त्यसमा उल्लेख गरिएको छ कि ‘जब कलियुग ५५०५ वर्ष बित्नेछ तब उहाँको १३औँ वंश साँचो आध्यात्मिक ज्ञान प्रदान गर्न आउनेछ र शास्त्र विरुद्ध भक्ति विधि, ज्ञान र झुटा धार्मिक प्रथाहरूलाई मेटाएर शान्ति स्थापना गर्नेछन्।

उनी साधकहरूलाई सच्चा मोक्ष मन्त्रहरू उपलब्ध गराउने अधिकारी हुनेछन् (प्रमाण भगवद्गीता अध्याय १७, श्लोक २३)। सबै आत्माहरू दुष्टता त्यागेर सदाचारी बन्नेछन् र भगवान कबीरको अवतारको महिमा गर्नेछन्। कलियुगले सन् १९९७ मा ५५०५ वर्ष पूरा गर्‍यो र सोही वर्ष सर्वशक्तिमान् कबीरजीले सबै धर्महरूका अनुसार अमर परमात्माको प्रमाणित जानकारी महान् सन्त रामपालजी महाराजलाई भेटेर पवित्र ईश्वर-प्रेमी आत्माहरूलाई नाम दीक्षा दिन अनुमति दिनुभयो।

यसको प्रमाण कबीर परमेश्वरको अमृत वाणीमा छ।

पांच सहस्र अरु पांचसौजब कलयुग बीत जाए
महापुरुष फरमान तबजग तारन को आए

ती महान् पुरुष अरू कोही होइनन्, सत्पुरुष/भगवान कबीरका अवतार सन्त रामपालजी महाराज नै हुन्, जसको अवतार दिवस प्रत्येक वर्ष सेप्टेम्बर ८ मा मनाइन्छ।

सामाजिक उत्थानमा सन्त रामपालजीको योगदान

समाजमा फैलिएका दाइजो जस्ता कुप्रथाहरूलाई जरैदेखि उखेल्नुका साथै आध्यात्मिक गुरु सन्त रामपालजी महाराजले सामाजिक उत्थानमा ठुलो योगदान दिनुभएको छ। सन्त रामपालजी महाराजका शिष्यहरूले विवाहमा दाइजो लिने वा दिने गर्दैनन्। १७ मिनेटको रमैणी अर्थात् गुरु वाणी वाचन गरिन्छ जसले नवविवाहित जोडीलाई अटुट बन्धनमा बाँध्दछ। सन्त रामपालजी महाराजले दिनुभएको साँचो आध्यात्मिक ज्ञानले लागु औषध दुर्व्यसन, घुसखोरी, भ्रष्टाचार, कन्या भ्रूण हत्या जस्ता नराम्रा सामाजिक प्रचलनहरू हटेका छन्। सन्त रामपालजी महाराजको कुनै पनि शिष्यले नशा सेवन गर्दैन वा नराम्रो व्यवहार गर्दैन र शास्त्रमा आधारित साँचो भक्ति मात्र गर्छन् किनभने उनीहरूलाई थाहा छ कि मानव जन्मको एक मात्र उद्देश्य शास्त्रमा आधारित सत्य साधना गरी मोक्ष प्राप्त गर्नु हो। सन्त रामपालजी महाराजले समाजमा व्याप्त हरेक धार्मिक पाखण्डको पर्दाफास गरी सत्य भक्तिमार्ग देखाउनुभएको छ जसका कारण लाखौँ अनुयायीहरूले समृद्ध जीवन बिताइरहेका छन्।

अवतरण (अवतार) दिवस कसरी मनाइन्छ ?

२०८० भदौ २२ गते (८ सेप्टेम्बर २०२३) सन्त रामपालजी महाराजको ७३औँ अवतरण दिवस हो। यो शुभ दिन विश्वभरि मनाइन्छ। यस अवसरमा सन्त रामपालजी महाराजका आध्यात्मिक प्रवचनहरूद्वारा अमृत वाणीको वर्षा गरिन्छ, जसको कृपाले भक्त आत्माहरूको “वर्तमान जीवन र मृत्यु पछिको जीवन” सहज हुन्छ। उहाँले तोकेको भक्तिको नियम पालन गरेर भक्ति गर्ने सबै सच्चा भक्तहरूलाई कालको पासोबाट मुक्त गर्ने ग्यारेन्टी दिनुहुन्छ। अवतरण दिवसमा, सन्त गरीबदासजीको पवित्र सद्ग्रन्थ साहेबको ३-५ दिन सम्मको पाठ गरिन्छ। एक भव्य सामुदायिक निःशुल्क र स्वादिष्ट भोजन-भण्डाराको आयोजना गरिन्छ जसमा जात, धर्म, पन्थको भेदभाव नगरी सबैले खानाको आनन्द लिन सक्छन्। रक्तदान, अङ्गदान शिविरका साथै दाइजोमुक्त विवाह अर्थात् रमैणीको पनि आयोजना गरिन्छ।

सन्त रामपालजी महाराजद्वारा गरिँदै छ समाज सुधारको प्रशंसनीय कार्य

आउनुहोस्, एक महान् समाज सुधारकका रूपमा तत्त्वदर्शी सन्त रामपालजी महाराजले गर्नुभएको अद्भुत कार्यहरूका बारेमा जानौँ। सन्त रामपालजी महाराजका मुख्य उद्देश्यहरू निम्न छन्:

समाजबाट सबै प्रकारको नशा तथा दुर्व्यसन हटाउने:

जगतगुरु तत्त्वदर्शी सन्त रामपालजी महाराज समाज सुधारकका रूपमा अद्भुत कार्य गर्दै हुनुहुन्छ। दुर्व्यसनको लतले समाजमा गहिरो जरा गाडेको छ। जबकी सरकारले मदिरा, सुर्ती, चुरोट, बिडी, लागु औषध जस्ता नशालु पदार्थ उपभोगको कुरीतिलाई आंशिक रूपमा अन्त्य गर्ने प्रयास गरिरहेको छ तर पनि लाखौँ रुपैयाँ खर्च गर्दा गर्दै सबै योजनाहरू व्यर्थ भइरहेका छन्। यस्तो हुने कारण यो पनि हो कि सरकारलाई मादक पदार्थबाट मनग्य आम्दानी हुने गरेको छ। मानिसमा तत्त्वज्ञान अर्थात् अध्यात्म ज्ञान छैन, यदि ज्ञान भयो भने खान त परै जाओस्, छुनबाट पनि बच्छन्। सन्त रामपालजी महाराजका शिष्यहरू साँचो आध्यात्मिक ज्ञानबाट परिचित छन् र लागू पदार्थको दुरुपयोगको हानिकारक प्रभावहरू बुझेका छन्। कुनै पनि नशा गर्नु मोक्ष प्राप्तिमा प्रमुख बाधक हो र मानव जन्मको एउटै उद्देश्य सच्चा भक्ति गरेर मोक्ष प्राप्ति गर्नु हो भन्ने तथ्य तत्त्वदर्शी सन्तका हरेक भक्तले बुझेका छन्। त्यसैले तिनीहरू जीवन बर्बाद गर्ने लतबाट प्रभावित हुँदैनन्। सबैमा अनुरोध छ कि नशालु पदार्थको सेवन गर्न छोड्नुहोस् र यदि छोड्न नसके सन्त रामपालजी महाराजको सहयोग अवश्य लिनुहोस्।

सद्भक्ति प्रदान गरेर संसारलाई मोक्ष प्रदान गर्नु:

शास्त्रविपरीत पूजा गरेर साधकले कुनै लाभ नपाएकाले कालको संसारमा बस्ने सबै प्राणीहरू भ्रमित छन् र मनमानी पूजा गरेर आफ्नो जीवन बर्बाद गरिरहेका छन्। सन्त रामपालजी एक समाज सुधारक का रूपमा शास्त्रमा आधारित पूजा गराएर मानिसहरूको जीवनमा परिवर्तन/चमत्कारहरू गरिरहनुभएको छ, जसले असम्भव कुरालाई सम्भव बनाउँदै छ र साधकहरूले अनगिन्ती लाभहरू पाइरहेका छन्। उहाँप्रति भक्तजनको आस्था दिन प्रतिदिन बढ्दै गएको छ। उहाँको लक्ष्य सच्चा आध्यात्मिक ज्ञान संसारभरि फैलाउनु हो किनकि उहाँले कसाई काल ब्रह्मको जालमा फँसेका सबै भ्रमित आत्माहरूलाई मुक्त गरी सतलोकको अनन्त शाश्वत स्थानमा उनीहरूको वास्तविक घरमा लैजान चाहनुहुन्छ।

समाजबाट जातीय विभेद उन्मूलन गर्ने:

काल ब्रह्मका २१ वटा ब्रह्माण्डमा बस्ने सबै प्राणी एउटै ईश्वरका सन्तान हुन्। अज्ञानताले गर्दा हामी विभिन्न धर्म, जात, पन्थमा विभाजित भएका छौँ र आफ्ना सुखदायी परमपिता परमात्मालाई बिर्सेका छौं। महान् समाज सुधारक सन्त रामपालजी महाराजले संसारभरिका मानिसहरूलाई आध्यात्मिक प्रवचनहरूद्वारा एकताबद्ध गरी मानव समाजलाई सही आध्यात्मिक मार्ग देखाइरहनुभएको छ र आफ्नो सच्चा ज्ञानद्वारा तिनीहरूको आत्मालाई शुद्ध गरिरहनुभएको छ जसका कारण उहाँका अनुयायीहरूले राम्ररी बुझेका छन् कि सबै एउटै भगवानका सन्तान हौँ, त्यसैले धर्म वा जातको आधारमा भेदभाव हुनु हुँदैन।

युवाहरूमा नैतिक र आध्यात्मिक जागरण ल्याउने:

आजको मितिमा प्रचलित शिक्षा प्रणालीले युवालाई अध्यात्मबाट टाढा लैजाँदैछ। आजका युवाहरुको एउटै उद्देश्य भनेको भौतिक लाभ प्राप्त गर्नु र करोडपति बन्नु हो। यो सबै तत्त्वज्ञानको अभावले भइरहेको छ। तत्त्वदर्शी सन्त रामपालजी महाराज एक मात्र समाज सुधारकका रूपमा आफ्नो आध्यात्मिक प्रवचन मार्फत युवा पुस्तामा उच्च नैतिक मूल्यको जग बसाल्दै आफ्नो मानव जन्म अत्यन्त बहुमूल्य भएको र त्यसलाई भौतिक सम्पत्ति जम्मा गर्नका लागि मात्र प्रयोग गर्नुमा खेर फाल्नु हुँदैन भन्ने बुझाउनु हुन्छ। आफ्नो समय खेर नफाल्नु तर राम्रो भक्ति गर्ने लक्ष्य राखी त्यस्तो धन आर्जन गर्नुपर्छ जुन पछि गएर आफूसँगै जानेछ।

कालको संसारमा जीवनका आवश्यकताहरू पूरा गर्ने प्रयासका साथसाथै मानव जन्मको एक मात्र उद्देश्य भनेको सत्य भक्ति र मोक्ष प्राप्ति हो भनेर बिर्सनु हुँदैन। सन्त रामपालजीका युवा शिष्यहरूमा उच्च नैतिक र आध्यात्मिक मूल्यहरू छन्। यो नैतिक परिवर्तन सत्य तत्त्वज्ञानको परिणाम हो जुन सन्त रामपालजीले आफ्नो आध्यात्मिक प्रवचन मार्फत दिइरहनुभएको छ।

समाजबाट दाइजो जस्ता कुरीतिलाई उन्मूलन गर्ने:

छोरीहरू हरेक परिवारका लागि भगवानको वरदान हुन्। आमाबुवाका लागि छोरा जत्तिकै अनमोल छोरी हुन्छन्। तर कालको संसारमा दाइजोको गलत परम्परा र प्रचलनका कारण मानिसहरूले यो तथ्यलाई बेवास्ता गर्दै छोरी/बेटीको विवाहमा बढी खर्च गर्नुपर्ने भएकाले बोझ ठानेका छन्। समाजमा व्याप्त दाइजोको यो कुप्रथा परिवारका लागि अभिशाप बनेको छ, विशेष गरी छोरीको विवाहको चर्को खर्च वहन गर्न नसक्ने गरीब परिवारका लागि। महान् समाज सुधारक सन्त रामपालजी महाराजले समाजबाट यो दुष्ट प्रथा उन्मूलन गर्न अद्भुत कार्य गर्नुभएको छ। उहाँका शिष्यहरूले विवाहमा दाइजो लिने वा दिने गर्दैनन्।  रमैणी नामक विवाहमा ३३ करोड देवीदेवताको आह्वान गरेर १७ मिनेटमा निकै सरल तरिकाले विवाह सम्पन्न गरिन्छ। विवाहमा कुनै किसिमको धूमधाम र देखावट गर्दैनन् र दुलहा-दुलहीले सुखी र समृद्ध जीवन बिताउन, असल कर्म गर्न र मोक्ष प्राप्त गर्न भगवानको आशीर्वाद प्राप्त गर्छन्।

समाजमा शान्ति र भाइचारा स्थापना गर्न पहल:

कालको यो संसार दुःखले भरिएको छ। यहाँ कुनै प्राणी सुखी छैन। चारैतिर अराजकता छ। मानिसहरू सानो सानो कुरामा पनि लडाइँ झगडा गर्न तयार हुन्छन्। महान् समाज सुधारक सन्त रामपालजी महाराजले आफ्नो सत्सङ्गको माध्यमबाट विश्वभरि शान्ति र भाइचाराको सन्देश फैलाउँदै बलियो समाज निर्माण गरिरहनुभएको छ।

सामाजिक विकृति हटाएर स्वच्छ समाज निर्माण गर्ने:

समाजमा दाइजो, घुसखोरी, भ्रष्टाचार, लागु औषध दुर्व्यसन, व्यभिचार जस्ता धेरै सामाजिक विकृतिहरू व्याप्त छन्। अज्ञानताले गर्दा मानिसहरूले यी सबै गलत कामहरू गर्छन्। महान् समाज सुधारक सन्त रामपालजीले सच्चा आध्यात्मिक ज्ञान दिएर उच्च सामाजिक र नैतिक मूल्य मान्यता जनतामा समाहित गरिरहनुभएको छ जसबाट सबै सामाजिक विकृतिको उन्मूलन भई उहाँका शिष्यहरू सबै विकारबाट टाढा रहँदै जीवन बिताइरहेका छन्। सारा संसारले सबै सामाजिक कुरीति त्यागेर सरल र सुखी जीवन बिताओस् भन्ने उहाँको लक्ष्य छ। महान् तत्त्वदर्शी सन्त रामपालजी महाराजको मार्गदर्शनमा सम्पन्न भइरहेको सच्चा आध्यात्मिक ज्ञानको प्रसारले यो महान् परिवर्तन सम्भव भएको हो।

भ्रष्टाचारलाई सधैँका लागि उन्मूलन गर्ने:

समाजमा भ्रष्टाचारको जरा गहिरो छ। यो धमिरा जस्तै फैलिएको छ जसले समाजलाई बिस्तारै बर्बाद र खोक्रो बनाउँदैछ। हत्या, चोरी, घुसखोरी, रिसवतखोरी, मिसावट, अरूको अधिकारको हनन, आदि_भ्रष्टाचार अज्ञानताका कारण भइरहेका छन्। भ्रष्टाचार बढाउनमा राजनीतिकर्मी र चलचित्रको ठुलो योगदान छ। महान् समाज सुधारक सन्त रामपालजी महाराजका शिष्यहरू न त चलचित्र हेर्छन्, न सङ्गीत बजाउँछन्, न त नाच्छन् न राजनीतिमा भाग लिन्छन्। उनीहरू उच्च सामाजिक र नैतिक मूल्यमान्यता सहितको सादा जीवन बिताउँछन् र कुनै पनि किसिमको भ्रष्टाचारबाट टाढा रहन्छन्।

समाजबाट पाखण्डलाई हटाउने:

महान् समाज सुधारक सन्त रामपालजी महाराजका शिष्यहरू विनम्र र उदार छन्। उनीहरू शुद्ध हृदयका छन्। उनीहरू कसैलाई धोका दिँदैनन् किनभने यस्ता काम भगवानलाई मन पर्दैनन् भन्ने उनीहरूले बुझिसकेका छन् र उनीहरूको एकमात्र लक्ष्य भनेको परमात्मा प्राप्ति गर्नु हो। सन्तजीका सबै शिष्यहरू सबै प्रकारका पाखण्डहरूबाट टाढा रहन्छन् चाहे त्यो धार्मिक होस् वा सामाजिक। सबै धर्मग्रन्थमा उल्लेखित विधि अनुसार पूजा गर्छन् र पूजाका निर्धारित नियमहरूलाई धार्मिक रूपले पालना गर्छन्। यी सबै सन्त रामपालजी महाराजद्वारा आध्यात्मिक प्रवचन मार्फत फैलाइएको सत्य आध्यात्मिक ज्ञानको परिणाम हो।

निष्कर्ष:

अच्छे दिन पाछे गएसतगुरु से किया न हेत 
अब पछतावा क्या करेजब चिड़िया चुग गई खेत

विश्वका रक्षक सन्त रामपालजी महाराजलाई समयमै चिन्नुहुन सम्पूर्ण पाठकहरूमा अनुरोध छ, अन्यथा पछि पछुताउनु बाहेक अरू केही रहने छैन।

सन्त रामपालजी महाराज भन्नुहुन्छ;

 “जीव हमारी जाति है, मानव धर्म हमारा
हिंदूमुस्लिमसिखईसाईधर्म नहीं कोई न्यारा

विश्व विजेता सन्त रामपालजी महाराज भगवान कबीर साहेबका अवतार हुनुहुन्छ र अज्ञानता हटाउन, काल कसाईको जालमा फँसेका आफ्ना प्रिय आत्माहरूलाई मुक्त गर्न तथा चारैतिर फैलिएको अधर्मलाई नष्ट गर्नका लागि यस धर्तीमा अवतरित हुनुभएको छ। सबैले उहाँको शरण लिनुहोस् र आफ्नो मानव जन्म श्रेष्ठ बनाएर मोक्ष प्राप्त गर्नुहोस्, परमात्मा प्राप्त गर्नुहोस्।

SA NEWS
SA NEWShttps://news.jagatgururampalji.org
SA News Channel is one of the most popular News channels on social media that provides Factual News updates. Tagline: Truth that you want to know

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

Popular

More like this
Related

International Daughters Day 2023: How Can We Attain Gender Neutral Society?

On September 26, 2021, every year, International Daughters Day is observed. Every year on the last Sunday of September, a special day for daughters is seen. This is a unique day that commemorates the birth of a girl and is observed around the world to eradicate the stigma associated with having a girl child by honoring daughters. Daughters have fewer privileges in this patriarchal society than sons. Daughters are an important element of any family, acting as a glue, a caring force that holds the family together. 

International Day of Sign Languages: Worship of Supreme God Kabir Is the Sign to Be Followed by the Entire Mankind

International Day of Sign Languages is observed annually so as to raise awareness about the hardships a physically challenged individual has to go through. Thus making everyone aware about the need for the education about sign languages to the needy as early as possible into their lives. While Supreme God Kabir is the most capable; giving us anything through His method of worship whether it is aiding a deaf, dumb or blind.

Disturbance in India Canada’s Relations Over Killing of Pro Khalistani Leader Hardeep Singh Nijjar

On Monday Canadian Prime Minister Justin Trudeau alleged a...

International Day of Peace 2023: Know About the Only Way to Have Everlasting Global Peace

The International Day of Peace is celebrated on 21 September in the world. Know about history, background, significance, aim, celebration, events, Activities and quotes on International Peace Day 2021